अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाले पार्टी एकतालाई भन्दा गठबन्धनलाई प्राथमिकता दिनुभयो : कांग्रेस नेता केसी

देउवाले पार्टी एकतालाई भन्दा गठबन्धनलाई प्राथमिकता दिनुभयो : कांग्रेस नेता केसी


काठमाडौं – कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाउनु भएको छ ।

काठमाडौंको थापागाउँमा आयोजित कांग्रेस संस्थापन इतर समुहको भेलालाई सम्बोधन गर्दै उहाँले आन्तरिक एकता बलियो भएको अवस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने दाबी गर्नुभयो ।

‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’

उहाँले आयोजित कार्यक्रममा समानुपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतावनी पनि दिनुभयो ।

समानुपातिकको सूची एकपक्षीय रहेको भन्दै उहाँले सच्याउनुपर्ने बताउनु भयो उहाँले भन्नुभयो, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’

उहाँले समानुपातिकको बन्द सूची पेस गर्दा पार्टीको अर्को समूहलाई अन्याय गरिएको जिकिर गर्नुभयो

प्रत्यक्ष तर्फको टिकट वितरणमा पनि उही अवस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खबरदारी सभामा आयोजना गरेको बताउनुभयो । उहाँले सभापति शेरबहादुर देउवाले महाधिवेशन लगत्तै आफू सिंगो कांग्रेसको सभापति बन्ने प्रण गरेकोमा व्यवहारमा त्यसको विपरित देखिएको तर्क गर्नुभयो ।