अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारसँग १० बुँदे सहमतिपछि केसीले तोडे अनसन

सरकारसँग १० बुँदे सहमतिपछि केसीले तोडे अनसन


काठमाडौं-सरकारसँग १० बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडेका छन् । शनिबार केसी र सरकारबीच १० बुँदे सहमति भएपछि उनले १३ दिनमा अनसन तोडेका हुन् ।

अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा. केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनी दिएका छन् । कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।