झापा – मेचीनगर नगरपालिका–१२, कालिझोडामा एकजनाको शव भेटिएको छ । विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुन सक्ने देखिएको छ । उहाँले भन्नुभयो, ‘नजिकै विषको बट्टा पनि बरामद भएको छ । यद्यपि, विस्तृत अनुसन्धान गरिरहेका छौं।’
उहाँ इलाम जाने भनेर ४ दिनअघि घरबाट निस्किनु भएको थियो ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । मृतकको भिसेरा जाँचसमेत गर्ने प्रहरी तयारी छ । भिसेरा जाँचबाट मृतकले जीवित हुँदा अन्तिम पटक के–के खाएका थिए भन्ने खुल्नेछ ।





प्रतिक्रिया