काठमाडौं – पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ। हिजो शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ ।
नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।
हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ। संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया