अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै

मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै


काठमाडौँ – मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन।

चुमनुब्री गाउँपालिका-१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिनुभयो । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उहाँले बताउनु भयो ।

पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ । मनासलु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनासलु आधार शिविरमा छन् । स्रोतका अनुसार ३-४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।

अहिले हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौंबाट सामागाउँमा कैलाश एयरको एउटा हेलिकप्टर अवतरण भइसकेको छ।

त्यस्तै पर्यटन विभागका निर्देशक युवराज खतिवडा हिमपहिरो गएको पुष्टि गरे पनि त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क नभएको बताउनुभयो । त्यस्तै इलिट एक्पिडिसनका सञ्चालकसमेत रहेका आरोही निर्मल पुर्जाले मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिएका छन् । पुर्जाको समूहले यस पटक मनास्लुबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिएको छ ।