काठमाडौं – निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने गरी आयोगले अस्थायी मतदाताको नामावली संकलन गरेको हो ।
को हुन पाउँछन् अस्थायी मतदाता ?
अस्थायी मतदातामा नामावली हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
अस्थायी मतदातामा को पर्छन् ?
- नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी ।
- ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी ।
- कारागारमा रहेका थुनुवा वा कैदी ।
- नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति ।
- निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी ।





प्रतिक्रिया