अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१४ गतेभित्र समानुपातिकको बन्दसूची सच्याउन निर्वाचन आयोगको निर्देशन

१४ गतेभित्र समानुपातिकको बन्दसूची सच्याउन निर्वाचन आयोगको निर्देशन


काठमाडौं-निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिकतर्फको बन्द सूची सच्याउन दलहरुलाई निर्देशन दिएको छ । आयोगका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याउन निर्देशन दिएको हो ।

यस्तै अन्य दलहरुलाई भने १६ गतेसम्म समय दिइएको आयोगले जनाएको छ । ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको जनाइएको छ । दलहरुले असोज २ र ३ गते समानुपातिक म्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए ।