काठमाडौं-मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनाको उद्धार गरिएको छ । ६ जना घाइतेहरुको हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
यस्तै अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताइएको छ । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए ।
गम्भीर घाइते दुईजनासहित ६ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । मौसम खराबका कारण सोमबार उद्धार गर्न सकिएको थिएन ।





प्रतिक्रिया