काठमाडौं-विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधरबीच बुधबार राजधानीमा एकता घोषणा हुने भएको हो ।
मिश्रलाई राप्रपामा वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ । मिश्रसँगै राजावादी पक्षधर विवेकशीलका नेताहरु राप्रपामा प्रवेश गर्ने बताइएको छ ।





प्रतिक्रिया