अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

सत्ता गठबन्धनका नेताहरुको बैठक जारी


काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।