अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजार अनुगमनमा उपमेयर डंगोल– ‘ठगिएको महसुस भए हटलाईन ११८० मा खबर गर्नु’

बजार अनुगमनमा उपमेयर डंगोल– ‘ठगिएको महसुस भए हटलाईन ११८० मा खबर गर्नु’


काठमाडौ- नेपालीहरुको महान चाड दसैँ नजिकिएसँगै काठमाडौँ महानगरको चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा आजबाट चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको हो । आजै महानगरपालिकालेटुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी तथा फलफूल बजारको अनुगमन गरेको छ भने खाद्यन्न पसलहरुमा पनि अनुगमन गरेको छ ।
उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ । उपप्रमुख डंगोलको नेतृत्वमा आज तीन वटा समुह बजार अनुगमनका लागि परिचालित भएका छन् । ‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य बस्तु विक्रि गरिरहेको भेटिएमा हाम्रो हटलाईन ११८० र १६६००१०५५११ मा खवर गर्न पनि आग्रह गर्दछौँ,’ अनुगमनकै रहनु भएकी उपमेयर डंगोलले भन्नुभयो, ‘हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईँहरुले खवर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौँ ।’
उहाँले आजटुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी र फलफूल बजामा अनुगमन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आजै त्यहाँ आसपासका खाद्यन्न पसलहरुमा पनि महानगरपालिकाले अनुगमन गरेको छ । ‘हामीले आजै भाटभटेनीमा पनि अनुगमन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले आजको अनुगमान मिति गुज्रिन लागेका र अरु सामान पनि एकै ठाउँमा राखेको भेटायौँ । उहाँहरुलाई यस्ता सामान छुट्याएर राख्न आग्रह गरेका छौँ । म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छौँ । हामीले अनुगमन त्यहि अनुसार गरिरहेका छौँ ।’
उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा विक्रिका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताउनुभयो । ‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग लेखिएको सामान मात्रै विक्रि गर्न भनेका छौँ ।’
उहाँले अनुगमनका क्रममा केही डिपार्टमेन्ट स्टोरले स्थानीय उत्पादनको सामान पनि राखेको भेटियो । ‘उहाँहरुलाई स्थानीय उत्पादन लिदाँ उहाँहरुको कम्पनी दर्ता छ कि छैन रु प्यान नम्बर छ कि छैन हेरेर मात्रै लिन सुझाव दिएका छौँ,’ उहाँले भन्नुभयो,’ ‘हामीले अनुगनका सिलसिलामा खाद्यन्नलगायतको मूल्यसूचि नियमित ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । कतिपय ठाउँमा लामो सयमसम्म पनि मूल्यसूचि ‘अपडेट’ गरेको देखिएन । हामी त्यस्ता पसललाई समेसम्म दैनिक नभए पनि दिन विराएर अनिवार्य ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । मुख्य गरेर चाडपर्वको समयमा बढी भिडभाड हुने र उपभोक्ता ठगिने भएकाले हामीले चाडपर्व लक्षित अनुगमन सुरु गरेका छौँ ।’
बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ ।