चितवन – नेपाली कांग्रेसको डा. शेखर समूहका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध चितवन ३ मा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
गठबन्धनमा सिट बाँडफाँट गर्दा आफनो समूहलाई न्याय नभए दाहाल विरुद्ध नै उम्मेदवारी दिने घोषणा घिमिरेले गर्नुभएको हो।
कांग्रेसभित्र टिकट वितरणमा अन्याय भएको भन्दै संस्थापनइतर समूह आन्दोलित छ। उनीहरुले समानुपातिकको अन्यायपूर्ण सूची समेत सच्याउन माग गरिरहेका छन् । केही दिनअघि आयोजित खवरदारी सभामा पनि घिमिरेले दाहाल माधव नेपाल लगायतको नामै लिएर कांग्रेसको समस्या समाधान नभई चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका थिए। त्यसपछि पनि गठबन्धनका नेताहरु सकारात्मक नदेखिएपछि घिमिरेले न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर दाहाल विरुद्ध नै उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।
नेता कोइराला पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुंगिए मान्य नहुने उहाँको भनाइ छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार आफ्नो समूह रहेको शेखर पक्षको दाबी छ ।





प्रतिक्रिया