अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोटी कांग्रेसले गठबन्धन नमान्ने

डोटी कांग्रेसले गठबन्धन नमान्ने


डोटी – नेपाली कांग्रेस डोटीले जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको छ। काँग्रेस डोटीको निर्णयले यतिखेर नेपाली काँग्रेसमा हलचल मच्चिएको छ । डोटी काँग्रेसले निर्णय नै गरेर गठबन्धन नमान्ने यदी जवर्जस्ती गरिए भोट नहाल्ने संदेश दिएको छ ।

मंगलबार बसेको नौ वटै पालिकाका कांग्रेस नेतृत्वको बैठकले जिल्लामा गठबन्धन नगर्न केन्द्रीय कार्यसमितिलाई दबाव दिने निर्णय गरेको छ।

‘डोटी कांग्रेसको मर्मबिना केन्द्रीय कमिटी गएमा चुनाव प्रचार-प्रसार र मतदान गर्ने कार्यमा पनि डोटी कांग्रेस नरहेको साथै डोटीका नौ वटै तहका पार्टी सभापति तथा प्रतिनिधिहरुको एक मत भएको हुँदा डोटी कांग्रेस गठबन्धनका विरुद्धमा रही केन्द्रीय नेतृत्वलाई दबाव सिर्जना गर्ने सर्वसम्मत निर्णय गरियो’ सो निर्णय पुस्तिकामा भनिएको छ।