अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आचारसंहिता आजदेखि लागु, के-के गर्न पाइँदैन ?

निर्वाचन आचारसंहिता आजदेखि लागु, के-के गर्न पाइँदैन ?


काठमाडौं-निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगले जनाएको हो ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापकलगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

गत आइतबार आयोग​ले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

कुन क्षेत्रका कस–कसलाई लाग्छ आचारसंहिता

राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायदेखि मतदातासम्मका लागि आचार संहिता लागु हुन्छ । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता निम्न व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई लागु हुने व्यवस्था छ:

  • नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
  • प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
  • संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
  • नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
  • स्थानीय कार्यपालिका र सोका सदस्य,
  • संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
  • सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
  • सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
  • राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
  • उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
  • राजनीतिक दल तथा उम्मेदवारको मतदान,
  • प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
  • सार्वजनिक पद धारण गरेको व्यक्ति, 
  • अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
  • पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
  • सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
  • निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
  • विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
  • विकास साझेदार संस्था,
  • सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
  • मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
  • निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
  • वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।

हेर्नुस् राजपत्रमा प्रकाशन भएको निर्वाचन आचारसंहिता :