अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै


काठमाडौं-अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर जारी छ । नेपालपछि उनी संयुक्त अरब इमिरेट्स जाने छिन् ।