काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनपछि एक लाखभन्दा बढी व्यक्तिले आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्व सन्ध्यामा एमालेले यस्तो दाबी गरेको हो ।
स्थानीय तहको निर्वाचनपछि विभिन्न पार्टी छाडेर आफ्नो पार्टीमा आएका एक लाखमध्ये ५० हजारभन्दा बढी मधेस प्रदेशकै रहेको एमालेको दाबी छ । स्थानीय तहको निर्वाचनपछि विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरेको एमालेका नेता शेरबहादुर तामाङले बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली आफै मधेस प्रदेशका जिल्लामा पुगेर पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभएको छ । कतिपयलाई उहाँले बालकोटस्थित निवासमै पार्टी प्रवेश गराउने गर्नुभएको छ । यस्तै तामाङले एमालेमा प्रवेश गर्नेलाई उनीहरूको हैसियत अनुसार पार्टीमा जिम्मेवारी दिइने गरेको बताउनु भयो । उहाँले जिल्ला र प्रदेशको सिफारिसका आधारमा संगठन विभागले जिम्मेवारी तोक्ने गरेको बताउनु भयो ।
एमालेले विशेष मधेस प्रदेशमा पार्टी प्रवेशलाई तीव्रता दिएको छ । पार्टी प्रवेश गर्नेमा ५० हजार बढी मधेस प्रदेशकै रहेका छन् । मधेस प्रदेशमा मन्त्री भएका, निवर्तमान सांसददेखि विभिन्न पार्टीका जिल्ला अध्यक्षसमेत रहेका छन् । नेता तामाङले मधेसमा एमाले प्रवेश गर्नेको लर्को लागेको र त्यो संख्या दिन प्रतिदिन बढ्दै जाने बताउनु भयो ।





प्रतिक्रिया