मोरङ – जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गर्नुभएको छ । कार्कीले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गर्नु भएको हो ।
उहाँले पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गर्नुपरको बताउनुभयो ।
खस समावेशी राष्ट्रिय पार्टीका तत्कालीन अध्यक्ष कार्कीले १० वर्ष अगाडि आफ्नो पार्टीलाई जसपामा समाहित गर्नुभएको थियो । जसपाले कार्कीको नाम मोरङ क्षेत्र-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि सिफारिस गरे पनि अध्यक्ष यादवले मोरङ क्षेत्र-२ कांग्रेसलाई दिने सहमती गरेपछि कार्कीले पार्टी छोड्नु भएको हो ।





प्रतिक्रिया