काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको बताउनु भएको छ ।
काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादसैँको शुभकामना आदान-प्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो ।
‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उहाँले भन्नुभयो, ‘हामीसँग दुईवटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन्। तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ।’
जनताका पक्षमा राम्रा जसले गरे पनि एमालेले समर्थन गर्ने पनि उहाँले बताउनु भयो । तर, दलको विकल्प अर्को दल हुने पनि उनले स्पष्ट पार्नुभयो ।
नेता पोखरेल भन्नुहुन्छ, ‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ। राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ। राम्रा काम जोसुकैले गरुन, त्यसलाई हाम्रा काम बनाउनुपर्छ। सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो । यतिबेला साथीहरु विभिन्न रुपले प्रकट हुनुभएको छ। तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन। एउटा दल खराब भए फेरि अर्को दल आउँछ।’
आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उहाँको दाबी थियो।





प्रतिक्रिया