अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका गुरु घिमिरेलाई एमालेका गोकुल बास्कोटाको समर्थन

कांग्रेसका गुरु घिमिरेलाई एमालेका गोकुल बास्कोटाको समर्थन


काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको आलोचना गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गर्नुभएको हो ।

‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो,’ नेता बास्कोटाले भन्नुभएको छ, ‘तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तविक मर्मरक्षाको राजनीति गरेको देखियो ।’

घिमिरेले दलिय राजनीतिको वास्तवीक मर्मरक्षा गरेपनि फाइदा भने थापाले नै लिने उहाँले जनाउनुभएको छ ।

‘गुमाउन त गुरुले नै गुमाउछन तर गगनसामु गुरुले स्पस्ट रुपमा काडा छाप छोड्ने भए,’ नेता बास्कोटाले लेख्नुभएको छ  ।