अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टंकको सट्टा सुरेश भन्दै पाँचवर्ष अघि लेखिएको चिर्कटो बाहिरीएपछि कांग्रेसमा भूकम्प  

टंकको सट्टा सुरेश भन्दै पाँचवर्ष अघि लेखिएको चिर्कटो बाहिरीएपछि कांग्रेसमा भूकम्प  


डोल्पा – २०७४ सालको प्रदेशसभा निर्वाचनमा डोल्पा ‘ख’बाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति टंकप्रसाद उपाध्यय टिकट पाउनेमा ढुक्क जस्तै थिए ।

लामो राजनीतिक योगदान र लोकप्रिय छबी भएको उपाध्यय डोल्पा ‘ख’ को चुनावी मैदानमा उहाँ निकै शसक्त उम्मेदवार हुनुहुन्थ्यो । टिकट पाउने ढुक्क जस्तै भएका उहाँ चुनावको अन्तिम तयारीमा लागेका थिए तर, अन्तिम चरणमा पुगेर एकाएक उहाँको टिकट खोसियो । उपाध्ययको टिकट खोसेर कांग्रेसका व्यवसायीक पृष्ठभूमिका शुरेश शाहीलाई टिकट दिइयो ।

कसरी खोसियो उपाध्ययको टिकट ? यस्तो छ टिकट खोसिने काहनी

त्यतिबेला उपाध्ययको टिकट खोस्ने काममा कांग्रेस केन्द्रीय कार्यालयका एक सचिव लागेको खुलासा भएको छ । कांग्रेस केन्द्रीय कार्यलयका ती सचिवले नै शुरेस शाहीलाइ रिझाए । यसरी रिझाएकी ती सचिव जेहाद छोडेर शाहीलाई टिकट दिलाउन लागे । अवसर लिन आफूलाई शक्तिशाली नेता निकटको सचिव भनेर नथाक्ने उहाँले तत्कालिन महामन्त्री शशांक कोइरालामार्फत शाहीलाई टिकट दिलाउनु भएको थियो ।

सचिवले शशांकलाई डोल्पा ‘ख’ मा टंक उपाध्ययको सट्टा सुरेश शाही लेखेर हस्तलिखित चिरकटो बुझाएका थिए  । २०७४ सालमा शशांकलाई लेखर बुझाएको हस्तलिखित चिरकटो अहिले भर्खरै बाहिरिएको छ । चिरकाटो बाहिरीएपछि अहिले कार्यालय सचिव तनावमा छन् । डोल्पा ‘ख’ बाट माओवादी केन्द्रका वीर बहादुर शाहीसँग सुरेश शाही पराजित हुनुभएको थियो ।

माओवादीका वीरबहादुरले ६ हजार ४१४ मत प्राप्त गर्दा कांग्रेसका सुरेशले २ हजार १०५ मतमात्र पाए । टिकटको सिफारिस गर्ने र टिकट वितरण गर्ने तह कांग्रेसमा अलग छ । प्रदेससभा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको नाम राय सल्लाह दिएर जिल्लाले प्रदेश कार्यसमितिमा र प्रदेशले केन्द्रमा पठाउने वैधानिक व्यवस्था छ । मातहतका निकायबाट आएका नाममा आधारित भएर केन्द्रीय संसदीय बार्डले टिकट वितरण गर्छ । तर, स्वर्थ समूहले चलखेल गर्दा टिकट वितरण गर्ने नेताहरु नै प्रभावित हुने गरेका छन् । टिकट वितरणमा स्वच्छ प्रतिश्पर्धाले स्थान पाउँदैन । पार्टीका सच्चा सिपाइले भन्दा पहुँच, प्रभाव, भनसुन र नेताको चाकडी गर्नेहरुले टिकट पाउने प्रचलन बढेर गएको पाइन्छ ।