काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु देउवाले नेता चौधरीलाई बालुवाटारमा बुधबार साँझ कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता लागू भएकै दिन आचारसंहिता विपरीत सरकारी निवासको दुरुपयोग गर्दै लोसपा नेता चौधरीलाई कांग्रेसमा स्वागत गरेका हुन् ।
नेताहरूका अनुसार चौधरीलाई सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने आश्वासनसहित कांग्रेसमा प्रवेश गराइएको हो । सर्लाही–४ मा कांग्रेसबाट उम्मेदवारका लागि महामन्त्री गगन थापाको नाम सर्वसम्मत सिफारिस भएर आएको छ भने प्रदेश कार्यसमितिले सो क्षेत्रबाट २०७४ मा निर्वाचित सांसद अमरेशकुमार सिंहको नाम सिफारिस गरेको छ ।





प्रतिक्रिया