अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते

पाल्पामा जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते


पाल्पा-पाल्पाको रैनादेवी छहरा वडा नं ४ मा जीप दुर्घटना भएको छ । बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु१ख १४३१ नम्बरको जीप भैरव मावि छहराको निमार्णधीन भवनमाथि दुर्घटना भएको मुझुङ प्रहरीले जनाएको छ।

दुर्घटना आज बिहान करिब ५ बजे भएको हो । जीपमा ११ जना यात्रु रहेको र २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी मुझुङले जनाएको छ ।

राती १२ बजे बुटवल बाट जुठापौवाको लागि हिंडेको जीप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन। घाइतेलाई मिसन अस्पताल तानसेनतर्फ लगिएको जनाइएको छ ।