अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनमा माओवादीलाई ४४ सिट मात्र, नेताहरुमा व्यापक असन्तुष्टी

गठबन्धनमा माओवादीलाई ४४ सिट मात्र, नेताहरुमा व्यापक असन्तुष्टी


काठमाडौं -काठमाडौं- गठबन्धनमा ६० सिट दाबी गर्दै आएको माओवादीले संघीय निर्वाचनका लागि करिब ४४ वटा सिट पाउने सहमति भएको छ । त्यस अनुसार अधिकांस सिटमा सहमती भइसकेको छ । केही निर्वाचन क्षेत्रमा छलफल जारी रहेको स्रोतले जनाएको छ । प्रचण्डले गरेको यो सहमतिबाट माओवादीका नेता कार्यकर्तामा व्यापक असन्तुष्टी चुलिएको छ ।

जसअनुसार ताप्लेजुङ,झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने करिब करिब सहमति जुटेको छ।

बाबुराम भट्टराई नेतृत्वको नेसपासहित जोडेर माओवादीले ५३ सिट पाउने करिब सहमति जुटेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी छ।