काठमाडौं – सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधिसभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ । बुधबार रातिसम्म भएको छलफलले एकाध सिटबाहेक सबै क्षेत्र टुंगाएको हो ।
सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। काङ्ग्रेसले ८५ सिट लिएको छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ।
केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ । ती क्षेत्रमासमेत सहमति नजिक भएको ती नेताको दाबी छ ।
यी हुन कांग्रेसले लिने सिट
सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने भएको छ। जसअनुसार प्रदेश १ मा पाँचथर, इलाम-२, झापा-१, झापा-३, झापा-४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी-२, ३ र ४, ओखलढुंगा, उदयपुर-१ लिनेगरी सहमति भएको छ।
त्यस्तै मधेश प्रदेशमा कांग्रेसले सप्तरी-३, सप्तरी-४, सिराहा-१ र २, धनुषा २, ३ र ४, महोत्तरी-२ र ३, सर्लाही-४, बारा-१, पर्सा-३ र ४ लिने भएको छ।
त्यसैगरी, बागमती प्रदेशमा दोलखा वा रामेछाप-१, सिन्धुली-१, रसुवा, धादिङ-२, काठमाडौं-१, ३, ४, ५, ६, १०, भक्तपुर-१ र २, ललितपुर-१, काभ्रे-१, सिन्धुपाल्चोक-२, मकवानपुर-१, चितवन-१ र २ लिने भएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-१, मनाङ, कास्की, तनहुँ-१ र २, स्याङ्जा-१ र २, नवलपरासी पूर्व-१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ। लुम्बिनी प्रदेशमा गुल्मी-१, पाल्पा–१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया-१, नवलपरासी पश्चिम २ लिने भएको छ। त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख-१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ। सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर-२ र ३ लिने भएको छ।
माओवादी कहाँ -कहाँ?
माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झाप-२, झापा-५, भोजपुर, मोरङ-४, मोरङ-५, सोलुखुम्बु, खोटाङ, उदयपुर-२ लिने सहमति भएको छ। यसमध्ये खोटाङमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ।
प्रदेश २ मा सिराह-३, धनुषा-१, महोत्तरी-१, सर्लाही-२, सर्लाही-३ लिने भएको छ। सर्लाही-२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप-१ मध्ये एक लिने बताइएको छ। त्यस्तै, सिन्धुली-२, नुवाकोट-१, धादिङ-१, काठमाडौं-२, काठमाडौं-९, काभ्रे-१, सिन्धुपाल्चोक-१ र चितवन-३ माओवादीले लिने भएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-२, लमजुङ, कास्की -३ वा १ र बाग्लुङ-२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही-१, कपीलवस्तु-१, रुकुम पूर्व, रोल्पा, दाङ-२, बाँके-१, बर्दिया-२, नवलपरासी पश्चिम-१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम-१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ।
कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम-१, कैलाली-२, कैलाली-३, बैतडी, कंचनपुर-१ लिने भएको छ।
एकीकृत समाजवादीले पाउने सिट
एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ। जसमध्ये इलाम-१, रौतहट-१, बारा-४, धादिङ-१, काठमाडौं-८, ललितपुर-२, मकवानपुर-२, कास्की-२, गुल्मी-४, पाल्पा-२, रुपन्देही-२, दाङ-१, डोल्पा, दैलेख-१, अछाम-१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ। डोल्पा र अछाम–१ मा भने माओवादीको पनि दाबी रहेको छ।
जसपाले पाउने सिट
जसपाले १६ सिट लिनेगरी सहमति भएको स्रोतले जानकारी दिएको छ। जसअनुसार सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ लिनेगरी सहमति भएको छ।
जसमध्ये धनुषा–३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ। त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ।
राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ।
कहाँ कहाँ छ दोहोरो दाबी ?
कांग्रेसले लिने भनिएका सिटमध्ये ८३ सिट फाइनल भइसकेको छ । तर कांग्रेसले पाउनुपर्ने अन्य चार क्षेत्रमा माओवादी, एकीकृत समाजवादी र जसपाको दाबी भएकाले सहमति हुन बाँकी छ । अन्तिममा कांग्रेस ८५ सिटसम्ममा सहमत हुने कार्यदलका एक सदस्यले बताउनु भयो । जसमा मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमति हुन सकेको छैन । दोलखा र रामेछाप दुबै कांग्रेसले दाबी गरेपछि माओवादी दुई मध्ये एक सिट पाउनुपर्ने दाबी नछोडेकाेले सहमति हुन सकेको छैन । धनुषा क्षेत्र नम्बर ४ कांग्रेसले पाउनुपर्नेमा जसपा र दैलेख एकमा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीले दाबी गरेकाले सहमति हुन बाँकी छ ।
माओवादी केन्द्रले पाउने भनिएका ४९ मध्ये ३६ सिटमा सहमति भएको छ । माओवादीले पाउनुपर्ने बाँकी १३ क्षेत्रमा कांग्रेस सहित एकीकृत समाजवादी र जसपाले दाबी गरेका छन् । जसमा खोटाङ र उदयपुर-२, धादिङ-१, सल्यान, अछाम-१ र बारा-४ माओवादीले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीको दोहोरो दाबी गरेकाले सहमती भएको छैन । सर्लाही क्षेत्र-२ र रुपन्देही -१ माओवादी पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमती हुन बाँकी छ । नवलपरासी पश्चिम एकमा माओवादीले पाउनुपर्नेमा कांग्रेसले समेत दाबी गरेको छ ।





प्रतिक्रिया