अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति देउवाको बाटो हेर्दैछौँ, माग पूरा नभए आन्दोलन चर्काउँछौं : गुरुराज घिमिरे

सभापति देउवाको बाटो हेर्दैछौँ, माग पूरा नभए आन्दोलन चर्काउँछौं : गुरुराज घिमिरे


काठमाडौं – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण चुनाव जित्ने आधार भएपनि पार्टीभित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताउनु भएको छ ।

डा.शेखर काेइराला समूहले बिहीबार काठमाडाैंमा आयाेजना गरेकाे चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै साे समूहका नेता घिमिरेले पार्टीभित्रकाे आन्तरिक विवाद मिलाउन सभापति शेरबहादुर देउवाकाे ध्यानाकर्षण गराउनुभयाे ।

नेता घिमिरेले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताउनुभयो ।

उहाँले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको उल्लेख गर्दै अहिले आफूहरु बाटो हेरिरहेको र भेदभाव भएमा आन्दोलन चर्काउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ। गठबन्धनसँग जनमत छ। राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो। मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन । हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौँ। त्यही अन्तर्गत यो चियापन हो। सभापतिज्युले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ। प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ। भएन भने बाँकी निर्णय हुन्छ। एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छ।’