अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमालेमा प्रवेश

नेकपा एसका डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमालेमा प्रवेश


सुर्खेत – कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रहनुभएको थियो ।

आज एमाले महासचिव शकंर पोखरेलले उहाँलाई स्वागत गर्नुभएको हो । उहाँले आफू पुरानै घरमा फर्किएको बताउनुभयो । समाजवादीका अधिकांश नेतालाई नेकपा एमाले भएको आरोप डोल्पामा लाग्दै आएका थियो ।

‘म कुनै लोभमा परेर एमालेमा फर्किएको होइन। एकीकृत समाजवादीको कुनै राजनीतिक भविष्य मैले देखिनँ’, उहाँले भन्नुभयो, ‘म पुरानै पार्टीमा फर्किएको छु। मलाई पार्टीले टिकट दिए पनि नदिए पनि अबको चुनावमा म जिताउन लाग्छु।’