अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित


काठमाडौं – अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित हुनुभएको छ ।

मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो । तर थापा कुन्तीकुमारी शाहीसँग पराजित हुनुभएको थियो ।

पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।