अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका बार जिल्ला अध्यक्ष र दुई सांसदसहित एक दर्जन नेता एमालेमा प्रवेश

नेकपा एसका बार जिल्ला अध्यक्ष र दुई सांसदसहित एक दर्जन नेता एमालेमा प्रवेश


काठमाडौं – नेकपा एकीकृत समाजवादीका दुईजना सांसद तथा केन्द्रीय सदस्यसहित बारा जिल्लाका एक दर्जन नेता नेकपा एमालेमा फर्किएका छन् ।

नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङ एमालेमा फर्किएका हुन् ।

तत्कालीन एमालेका जिल्ला अध्यक्ष विश्वकर्माले पार्टी विभाजनपछि नेकपा एस रोज्नुभएको थियो । उहाँसहित ११ जना जिल्ला नेता एमालेमा फर्किएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमाले प्रवेश गर्नेमा केन्द्रीय परिषद सदस्य कौशल किशोर सिंह, महेश विश्वकर्मा, दशरथ राम, विद्या थापा, मिन रहपाल, मन्जु खनाल, मन्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनी लगायत छन् ।