काठमाडौं- नेकपा एमालेले समानुपातिक उम्मेद्वारको नामावलीमा केही संसोधन सहित बन्दसूची भोलि बुझाउने निर्णय गरेको छ ।
हिजो बसेको सचिवालयको बैठकले बैठकले केही बन्दसूची हेरफेर गरी भोलि बुझाउने तयारी भएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी उपमहासचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । बन्दसूची थपघटको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ।
गुरुङ का अनुसार समानुपातिकको हेरफेर गर्ने परिस्थिति पर्यो भने बरियाताक्रम पनि तोक्नुपर्छ नि यो सबै तोकेर अन्तिम निर्णय गरेर निर्वाचन विभाग मार्फत निर्वाचन आयोगमा प्रस्तुत गर्ने काम चाहिँ केन्द्रिय हेडक्वार्टरले गर्छ । त्यसको अन्तिम टुंगोमा हामी पुग्दैछौं ।
एमालेले समानुपातिक निर्वाचन बन्दसूची असोज ३ मा बुझाएको थियो ।





प्रतिक्रिया