अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बत्ती बलेन भनेर टुकीको जमानामा जान मिल्दैन : उपमहासचिव गुरुङ

बत्ती बलेन भनेर टुकीको जमानामा जान मिल्दैन : उपमहासचिव गुरुङ


पोखरा – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयता विफल भयो भन्दै पुरानै संरचनामा फर्कन नमिल्ने बताउनु भएको छ ।

गण्डकी प्रदेश सभाका सांसदको बिदाइ कार्यक्रममा बोल्दै उहाँले बत्ती बलेन भनेर टुकीको जमानामा फर्कन नमिल्ने भन्दै व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले नै संघीयता असफल भएको भन्न मिल्दैन र सांसदहरू नै आचरण सुधार्न लाग्नु पर्छ ।’

उपमहासचिव गुरुङ भन्नुहुन्छ, ‘धर्म निरपेक्षता, संघीयता काम लागेन भन्नेहरु, अहिले बत्तीले काम गरेन, टुकीमै फर्कौं भनेर हुँदैन । यो मध्य युगतिर फर्कने कुरा हो । संघका २७५ सांसदमध्ये संघियता चाहिन्छ भन्ने २७४ जना त संघमै छन्।’

व्यवस्थालाई प्रश्न गर्नु अघि सांसदहरूले आफ्नो आचरण सुधार्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो आचरण सही हुन पर्‍यो, व्यवस्थालाई प्रश्न गरेर छुट मिल्दैन । संघीयताको महत्त्व सांसदकै कामले पुष्टि गर्छ ।’