अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली कांग्रेस प्रचण्डीकरण भयो : रवीन्द्र मिश्र

नेपाली कांग्रेस प्रचण्डीकरण भयो : रवीन्द्र मिश्र


काठमाडौं – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेस सिद्धान्तहीन भएको भन्दै प्रचण्डीकरण भएर देशको हित हुन नसक्ने बताउनु भयो ।

आज पार्टीका तर्फबाट प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी घोषणा गर्दै मिश्रले आफूले ३० वर्षभन्दा पछिका पुस्ताका लागि राजनीति गरेको बताउनु भयो । क्षेत्र नम्बर १ का मतदाताकहाँ जाँदा आफूले पाउने गाली-ताली सबै स्वीकार्य हुने भन्दै मिश्रले आफू निर्वाचित भएमा सो क्षेत्रका मतदाताले गर्व गर्न सक्नेगरी काम गर्ने जिकिर गर्नुभयो ।

नेता मिश्रले भन्नुभयो, ‘यो देश तपाईँ र मेरो पुस्तालाई रजाई गर भनेर कसैले दिएको होइन।  हामीभन्दा मुनिका पुस्तालाई पनि हेर्नुपर्छ । आफैँले निर्माण गरेको विवेकशील साझा आफूले गतिशीलताका लागि छाडेको पनि सो क्रममा बताउनु भयो ।

उहाँले कांग्रेसमा बीपी, गणेशमान र किसुनजीको आदर्श हराएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेसमा प्रचण्डीकरण भयो । बीपी, किसुनजी, गणेशमानको आदर्श कांग्रेसले छाडेको हो । ८ वर्ष जेल बस्ने बीपीले राजाको विरोध कहिल्यै गरेनन् । कृष्णप्रसाद १४ वर्ष जेल बस्दा कहिल्यै राजाको विपक्षमा हुनुभएन ।’

बीपी, गणेशमान र कृष्णप्रसादको आदर्श मान्ने कांग्रेसीप्रति आफ्नो सम्मान भएपनि जो प्रचण्डकीकरण भए उनीहरुप्रति सम्मान नरहेको मिश्रले बताउनु भयो ।