काठमाडौं – नेकपा एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित १३ जना पदाधिकारीको उम्मेदवारी टुंगो लागेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत लागि एमालेका अध्यक्ष केपी शर्मा ओली (झापा-५), वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल (काठमाडौं-५), उपाध्यक्ष विष्णु पौडेल (रुपन्देही-२), उपाध्यक्ष सुवास नेम्वाङ (इलाम-२), उपाध्यक्ष सुरेन्द्र पाण्डे (चितवन-१), महासचिव शंकर पोखरेल (दाङ-२), उपमहासचिव प्रदीप ज्ञवाली (गुल्मी-१), उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (लमजुङ प्रदेश ख), सचिव टोपबहादुर रायमाझी (अर्घाखाँची), सचिव लेखराज भट्ट (कैलाली–४), सचिव गोकर्ण विष्ट (गुल्मी–२), सचिव योगेश भट्टराई (ताप्लेजुङ), सचिव छविलाल विश्वकर्मा (रुपन्देही–१), सचिव रघुवीर महासेठ (धनुषा–४) र सचिव पद्मा अर्याल (स्याङ्जा–२) मा उम्मेदवार बन्ने भएका हुन्।
बिहीबार बालकोटमा अबेर रातिसम्म बसेको एमाले सचिवालय बैठकले पदाधिकारीसहित निर्वाचन क्षेत्रबाटै एकल सिफारिस भएर आएका नेताको उम्मेदवारी टुंगो लगाएको हो। सचिवालय बैठकले नमिलेका क्षेत्रमा परामर्श लिएर गृहकार्य गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको छ ।
उपाध्यक्षहरूमध्ये युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ले प्रत्यक्षमा चुनाव नलड्ने एक स्रोतले जनाएको छ । दाङ–३ बाट सिफारिस उपाध्यक्ष ज्ञवालीले संसद्भन्दा बाहिर रहेर नीतिगत, वैचारिक र सांगठनिक रूपले योगदान गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नयाँलाई अवसर दिनुपर्छ भन्ने आफ्नो विचार राखेको छु ।’
त्यस्तै, बैठकमा अर्का उपाध्यक्ष बादलले पनि प्रत्यक्ष चुनाव नलड्ने जानकारी गराउनु भयो ।
यी हुन् एमालेका सर्वसम्मत सिफारिस ५७ उम्मेदवार
एमालेमा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसहित सर्वसम्मत उम्मेदवार सिफारिस हुनु भएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने लमजुङबाट प्रदेश निर्वाचन क्षेत्र ‘ख’बाट गण्डकी प्रदेशका लागि सिफारिस हुनु भएको छ ।
प्रदेश १ मा झापा-रविन कोइराला, ५ बाट केपी ओली, इलाम-१ बाट महेश बस्नेत, २ बाट सुवास नेम्वाङ सर्वसम्मत सिफारिस भएका छन् । मोरङ-२ बाट ऋषिकेश पोखरेल, मोरङ-३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल, सुनसरी-१ बाट जयकुमार राई, ३ बाट भगवती चौधरी, धनकुटाबाट राजेन्द्र राई, सोलुखम्बुबाट मानवीर राईको नाम एकल सिफारिस भएको छ ।
मधेस प्रदेशमा पर्सा ३ बाट राजकुमार गुप्ता, बारा २ बाट बलवीर चौधरी, ४ बाट देवनारायण चौधरी सर्वसम्मत सिफारिस भएका छन् । रौतहट ३ बाट प्रभु साह, सर्लाही २ बाट राजनारायण साह, धनुषा ३ बाट जुली महतो, ४ बाट रघुवीर महासेठ, सिराहा ३ बाट लीलानाथ श्रेष्ठ, महोत्तरी ४ बाट दीपनारायण यादवको नाम एकल सिफारिस भएको छ ।
बागमती प्रदेशमा काभ्रे २ बाट गोकुल बास्कोटा, काठमाडौं २ बाट मणिराम फुँयाल, ३ बाट कृष्ण राई, ४ बाट राजन भट्टराई, ५ बाट ईश्वर पोखरेल सर्वसम्मत सिफारिस भएका छन् । नुवाकोट १ बाट बद्री मैनाली, चितवन ३ बाट रामप्रसाद न्यौपानेको नाम एकल सिफारिस भएको छ । त्यस्तै गण्डकी प्रदेशबाट नवलपुर २ बाट तिलकबहादुर महत, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, मनाङबाट पाल्देन छोपाङ गुरुङको नाम एकल सिफारिसमा आएको छ ।
लुम्बिनीमा पाल्पा २ बाट ठाकुर गैरे, गुल्मी १ बाट प्रदीप ज्ञवाली, अर्घाखाँची– टोपबहादुर रायमाझी, प्यूठान– सूर्य थापा, दाङ २ बाट शंकर पोखरेल, कपिलवस्तु २ बाट बृजेशकुमार गुप्ता, कपिलवस्तु ३ बाट मंगलप्रसाद गुप्ता, रूपन्देही १ बाट छविलाल विश्वकर्मा, रूपन्देही २ बाट विष्णुप्रसाद पौडेल, रूपन्देही ४ बाट कृष्णप्रसाद भुसाल, रूपन्देही ५ बाट खिमलाल भट्टराई, रोल्पाबाट पूर्ण बुढा मगरको उम्मेदवारी निर्वाचन क्षेत्रबाटै सर्वसम्मत सिफारिस भएको छ । कर्णालीको डोल्पामा बम्दी क्वाँरा बोहरा, हुम्लामा दल रावल, मुगुमा मोहन बानियाँ, जुम्लामा रतननाथ योगी, कालिकोट नागिन्द्र शाही र सल्यानबाट गुलाबजंग शाहको नाम सर्वसम्मत सिफारिस भएको छ ।
सुदूरपश्चिम प्रदेशमा दार्चुलाबाट गणेश ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, डेडल्धुराबाट पठानसिंह बोहरा, डोटीबाट चक्र मल्ल, अछाम १ बाट भीम रावल, अछाम २ बाट यज्ञराज बोगटी, कैलाली ३ बाट गौरीशंकर चौधरी, कैलाली ४ बाट लेखराज भट्ट, कैलाली ५ बाट नारदमुनि रानाको नाम एकल सिफारिस भएको छ ।





प्रतिक्रिया