काभ्रे – काभ्रेमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
काभ्रेको विकट खानीखोला गाउँपालिका-१ स्थित गैरीभान्ज्याङमा खानीखोलाबाट बनेपातर्फ दशैंको लागि खसी लिएर आउँदै गरेको बा ५ च ४११७ नम्बरको बोलेरो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले दुर्घटनामा परी खानीखोला–४ स्थित् डाँडागाउँका ज्ञानबहादुर जिम्बाको २१ वर्षीय छोरा दिपेश जिम्बाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतक जिम्बाको शव बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ।
त्यस्तै घाईते ५ जनालाई उपचारका लागि अस्पताल लागिएको छ। जसमा शिरमेमोरियलमा छिरिङ जिम्बा र रुपेश स्याङ्तान रहेको छ भने धुलिखेल अस्पतालमा मिलन लोप्चन, बलबहादुर बल र पुतलीमाया बल रहेका छन्। घाइतेहरूको दाँत, हाँत आदि भाँचिएका छन्।





प्रतिक्रिया