काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले सिट बाडफाटमा काङ्ग्रेस लचिलो नभए अन्यदलसँग मिल्ने विकल्प खुलाउने निर्णय गरेको छ।
आज बिहानदेखि पार्टी कार्यालयमा जारी केन्द्रिय कार्यकारिणी समिती बैठकले तीन आधार खुला गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म गठबन्धन र शीर्ष नेताबीच चुनावी तालमेलका विषय ब्रिफिङ गर्नु भएको थियो ।
तर, सिट बाँडफाँटबारे प्रयास जारी भए पनि काङ्ग्रेसले बढी सिट दाबी गरेर कुरा नमिलेको उहाँले बताउनु भयो ।
‘गठबन्धनसँग मिलेर जाने प्रयास जारी छ, अहिलेसम्म केही सिट मिलेको छैन, एउटा सिट मिलेन भने गठबन्धनमा सहमति हुँदैन,’ अध्यक्ष उपेन्द्रको भनाइ उदृत गर्दै एक नेताले भन्नुभयो, ‘अब हामीले तीन विकल्प खुला गर्नुपर्छ।’





प्रतिक्रिया