अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो गठबन्धन लुटतन्त्रको सरकार हो : केपी ओली

यो गठबन्धन लुटतन्त्रको सरकार हो : केपी ओली


सप्तरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार भ्रष्ट सरकार भएको बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटीले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा गरेको मधेश प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी घोषणा तथा विशाल आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार धाँधलीवाद सरकार रहेको बताउनुभयो ।

सरकारले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा धाँधली गर्न सक्ने भन्दै युवाहरुलाई सतर्क रहन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो सरकार भ्रष्ट सरकार हो, धाँधलीवाद सरकार हो, चुनाव निष्पक्ष गराउने होइन जसरी पनि जित्नुपर्छ भन्ने सरकार हो, यसलाई लोकतन्त्रको मतलब छैन, लुटतन्त्रको सरकार हो यो, त्यसकारण हाम्रा युवालाई चुनावलाई स्वतन्त्र,निष्पक्ष र धाँधलीरहित बनाउन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न युवाहरुले हरेक बुथमा स्वयंसेवक खटाउनुपर्छ ।’