अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा चुनाव नलड्ने डा. बाबुरामको घोषणा

प्रतिनिधिसभा चुनाव नलड्ने डा. बाबुरामको घोषणा


काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

‘प्रिय गोरखा, २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु’ उहाँले भन्नुभएको छ,  ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’

चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको उल्लेख गर्दै उहाँले अगाडि भनेका छन्, ‘म सबै गोरखाली दिदीबहिनी, दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु– मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीव्रता पाउनेछ। म त्यहाँ साथमा हुनेछु।’