अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लाका माओवादी केन्द्रीय सदस्य लामा एमालेमा प्रवेश (फोटो फिचर)

हुम्लाका माओवादी केन्द्रीय सदस्य लामा एमालेमा प्रवेश (फोटो फिचर)


काठमाडौं – माओवादी नेता छक्कबहादुर लामा एमालेमा प्रवेश गर्नुभएको छ।

माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गर्नुभएको हो ।

नेता लामासहित निवर्तमान गाउँपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत हुम्लाका माओवादी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेशमा गर्नुभएको छ ।

लामालाई अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायत एमाले नेताले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

उहाँ हुम्लाबाट निर्वाचित सांसद हुन्। २०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सांसद बनेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादी केन्द्रमा फर्किएका थिए।