अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अटो दुर्घटना हुँदा ७ जना घाइते

अटो दुर्घटना हुँदा ७ जना घाइते


बैतडी – महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ४ बसाली नजिक अटो दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

घाइते हुनेहरूमा अटो चालक बैतडीको डिलासैनी गाउँपालिका-६ का ३४ वर्षीय  धन सिह थलाल, सोही ठाउँका वर्षीय ५० वीर सिह खत्री, ४५ वर्षीया  अम्मरा खत्री,१३ वर्षीया संगीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीया धनपति थलाल र  ९ वर्षीय जनक थलाल रहेका छन्।

घाइतेहरूको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल पठाइएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायव निरीक्षक मान सिह पन्तले जानकारी दिनु भयो ।

गोकुलेश्‍वरबाट देहिमाडौतर्फ गइरहेको अन टेस्ट अटो बिहान पौने १० बजे  दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

अष्‍टमीका दिन आज  देहिमाडौस्थित  निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला जात्रा हेर्नको जान लागेका बताइएको छ।

तिव्र गतिमा रहेको उक्त अटो अनियन्त्रित भएर पल्टिएको हो। दुर्घटनाग्रस्त अटो सडकबाट ५०० मिटर तल खसेको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।