अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको समानुपातिक बन्दसूचीबाट महराको नाम हटाइयो

माओवादीको समानुपातिक बन्दसूचीबाट महराको नाम हटाइयो


काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेकाहरूको नाम सच्याउन दिएको अन्तिम समयमा आएर महराको नाम हटाएको हो ।

महराको नाम हटाइएको माओवादी स्रोतले पुष्टि गरेको छ । तर महरा प्रत्यक्ष चुनाव नलड्ने भएका छन् ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो ।