धनगढी – कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक आपसमा ठोक्किएका छन्।
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा-१ स्थित गाङखेतमा बस र ट्रक ठोक्किएका हुन्। ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार बिहान सुदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएपछि दुर्घटना भएको हो।
दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ। उनीहरुको पहिचान भने खुलेको छैन। बसमा २४ जना सवार थिए।





प्रतिक्रिया