काठमाडौं – प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको छ। तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।
आज बसन्तपुर दरबारमा बोका र राँगाको बलि चढाइएको छ। नवमीको दिन नेपाली सेनाको निशान पूजा गर्नको लागि बलि चढाइएको हो।





प्रतिक्रिया