अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु


चितवन – मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एकजनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका वडा-८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अष्टमी (सोमबार)को साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।