बारा – बाराको अमलेखगञ्जमा बिहीबार बिहान बस दुर्घटना भएको छ ।
नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस बिहान साढे १० बजेतिर दुर्घटना भएको हो।
दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका २५ मध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
दुर्घटनास्थलबाट २५ जनालाई उद्धार गरी मकवानपुरको हेटौंडा अस्पतालमा पठाइएको छ । थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।





प्रतिक्रिया