अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


महेन्द्रनगर – कञ्चनपुरको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको धनगढी उप महानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका २२ वर्षीय विशाल राना छन् ।

दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।