अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा बस दुर्घटनामा मृत्यू हुनेको संख्या १४ पुग्यो

बारा बस दुर्घटनामा मृत्यू हुनेको संख्या १४ पुग्यो


बारा -पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका( २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक एव्म प्रवक्ता बलराम श्रेष्ठले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, १ जना चुरेहिल अस्पताल तथा एक जनाको मकवानपुर सहकारी अस्पतालमा ज्यान गएको हो ।

घाइतेहरु मध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको छ ।मृतकमध्ये ५ जना महिला रहेको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट बिरगंजतर्फ जादै गतेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रीत भएर सडकबाट करिब सय मिटर तलखस्दा भएको दुर्घटना भएको प्रहरीको भनाइ छ ।