अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीमा डुबेर ४ जनाको ज्यान गयो,२ जना बेपत्ता

बाढीमा डुबेर ४ जनाको ज्यान गयो,२ जना बेपत्ता


बुटवल – अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको ज्यान गएको छ ।

दाङमा दुई जना, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धमकापुरका ४८ वर्षीय मदन डाँगीको स्थानीय खैरेनी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो। त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका ४५ वर्षीय धिरज घिमिरे घर नजिकै खाडलमा डबुेर मृत अवस्थामा फेला परेका थिए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार अर्घाखाँचीको सन्धीखर्च गाउँपालिका वडा नम्बर ७ स्थित खञ्ज्याङ खोलाको बाढीले बगाउँदा १० वर्षीय समीर पौडेलको मृत्यु भएको छ।

त्यस्तै गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा आरोही खोलामा आएको बाढीले बगाउँदा ३१ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको छ।
बुधबार दिउँसो गुर्जेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता रहेका घोराही उपमहानगरपालिका वडा नम्बर १० का ५४ वर्षीय कल्लु चौधरीको अवस्था अझै अज्ञात छ।

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ झिवाङका ५ वर्षीय सुशान केसी पनि बगेर बेपत्ता छन्। उनको खोजी कार्य जारी छ।