अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसम खराबीका कारण लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

मौसम खराबीका कारण लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण


काठमाडौं – मौसम प्रतिकुल बनेपछि काठमाडौंबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।

वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेका अनुसार कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर बिहीबार बिहान काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो ।

काठमाडौंमा बिहानैबाट ठूलो वर्षा भइरहेको छ । यसले नियमित हवाई उडान समेत प्रभावित बनेको छ ।