अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्रागिरिको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु

चन्द्रागिरिको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु


काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नम्बर-२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुरिंदा ३ जनाको मृत्यु भएको वडाध्यक्ष भाइकृष्ण तामङले जानकारी दिनुभयो ।

५२ वर्षीय राजु श्रेष्ठ, उनकी ४५ वर्षीया श्रीमती रेखा श्रेष्ठ र डेढ वर्षीयमा छोरी सारथी श्रेष्ठको पहिरोमा पुरिएर मृत्यु भएको हो।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको हो ।

पहिरोमा कति जना पुरिए भन्ने यकिन हुन नसकेको र खोजी कार्य जारी रहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।