अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलाली र कञ्चनपुरमा भारी वर्षा, बाढी र डुबानको जोखिम ?

कैलाली र कञ्चनपुरमा भारी वर्षा, बाढी र डुबानको जोखिम ?


कञ्चनपुर – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ।

कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी वर्षा भइरहेको जनाएको छ।

विभागको कञ्चनपुर शान्तिपुरबेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा १२५ मिमी, छ घण्टामा ८३ दशमलव आठ र तीन घन्टामा ६२ दशमलव २ मिमी वर्षा मापन भएको छ।