सुर्खेत – तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण वीरेन्द्रनगर उपत्यका जलमग्न भएको छ । खहरे खोलाहरुमा पानीको बहाव बढेको छ ।
उपत्यकाको तल्लो भाग जलमग्न हुँदा स्थानीय नागरिकहरूले सुरक्षित स्थानका लागि घर छाड्न थालेका छन् ।
वीरेन्द्रनगर उपत्यकामा रहेका नेवारेखोला, इत्रामखोला, झुप्राखोलाका साथै भेरीगंगाको छिन्चुखोलालगायतका खोलाहरू पानीको बहाव पढिरहेको छ । खोला नजिकका स्थानीय वासिन्दाहरूलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अपील गरेको छ ।
उपत्यकामा बाढीबाट डुवान हुने र ग्रामीण क्षेत्रमा पहिरोको जोखिम बढेकोले सतर्क हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
अहिलेसम्म कुनैपनि मानवीय क्षति नभएको प्रजिअ रिजालले भन्नुभयो ।





प्रतिक्रिया